
जेठ-८, भोजपुर । ईलाका प्रहरी कार्यालय हतुवागढी भोजपुरमा प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक जस बहादुर लिम्बु बैसाख महिनाको उत्कृष्ट प्रहरी घोषीत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय हतुवागढी भोजपुरमा २०७५ पुष २९ देखी कार्यालय प्रमुखको रुपमा कार्यगरीरहेका लिम्बु एक निष्ठावान, इमान्दार र कामप्रति वफादार, विभागिय जिम्मेवारी सहजढंगले कर्तब्यनिष्ठ भई कार्यसम्पन्न गर्न सक्ने कुसल प्रहरी अधिकृतको रुपमा उच्च मूल्याङकण गर्दै संगठनले उक्त अवार्ड प्रदान गरेको हो ।
हतुवागढी क्षेत्रमा आम नागरिकहरुसंग समन्वय र सहकार्यको भूमिका खेल्दै त्यस क्षेत्रमा भएका सामाजीक, साँस्कृतिक विकास निर्माण आदी गतिविधीहरुमा नागरिकसंगै हातेमालो गर्दै महत्वपूर्ण योगदान पुर्याएका प्रहरी निरिक्षक लिम्बुले उक्त क्षेत्रमा राज्यले रोकलगाएको अवैध गाँजा खेतिलाई निर्मूल पार्दै अवैध कार्य र आपराधिक गतिविधीहरुलाई निरुत्साहित गरी हाल विश्वभर फैलिएको नयाँ भेरियन्टको कोभिड–१९ को महामारीलाई रोकथामका लागि समेत विविध सचेतामुलक कार्यगर्दै उक्त क्षेत्रमा महत्वपूर्ण कार्य गरेको प्रति मूल्याङकण गदै जिल्ला प्रहरी कार्यालय भोजपुरले २०७८ बैसाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषित गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।
प्रहरी संगठनमा विभिन्न ओहोदामा रहेर कार्य गरिरहेका प्रहरीहरुको काम प्रतिको उच्च मूल्याङकण र मनोवललाई थप उच्च बनाउनको लागि संगठनले विगतदेखी यस्तो कार्य गर्दै आएको छ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।