२०८० चैत्र ६ मंगलवार

हतुवागढी गाउँपालिकामा एक स्वास्थ्यकर्मी सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत संख्या ३० पुग्यो

जेठ-६, भोजपुर । हतुवागढी गाउँपालिकाको वडा नं. ८ मा हिजो गरिएको परिक्षणमा थप ४ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । यो संगै गाउँपालिकामा संक्रमीत हुनेहरुको संख्या ३० पुगेको छ ।

कोरोना संक्रमित हुनेहरुमा हतुवागढी गाउँपालिकाको पात्लेपानी हेल्थपोष्टका एकजना अनमी सहित साविक साप्टेनटार गाउँका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय हतुवागढी घोडेटारका प्रहरी निरिक्षक जस बहादुर लिम्बुले जानकारी गराए ।

कोरोना संक्रामण पुष्टि भएकाहरुलाई तत्कालको लागि उनीहरुको स्वइच्छा अनुसार सुरक्षीत तवरले घरमै आइसोलेशनमा राखिएको छ । उनीहरुको दैनिक निगारानीको लागि स्थानीय वडा पालिकाका जनप्रतिनिधी र सेना र पुलिसले गर्ने निरिक्षक लिम्बुले जानकारी गराए ।

गाउँपालिकाको संकास्पद क्षेत्रतिर सम्बन्धित वडासंग समन्वय गर्दै तत्काल परिक्षणको डायारा बढाउने गाउँपालिकाले कार्यतालिका बनाएको हतुवागढी गाउँपालिकाले जानकारी दिएको छ ।

२०७८ जेष्ठ ९, आईतवार ०२:२९ गते 1 Minute 91 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार