२०८० मंसिर १४ बिहीबार

विमानस्थल सडकखण्डः सडक कालोपत्रेले जिल्लाबासीको जिवनस्तर फेरियो

-शारदा तामाङ राई

असार-१०, भोजपुर ।

‘‘हवाई जहाज गिरान
भर्सो दाई आयो नि लैलै देउराली शिरान’’

दशकअघि टक्सारबाट भारी बोकेर हिँड्ने भरियाहरुको मुखमा यहि गित फुथ्र्यो । डोको तोक्मा लगाएर सामान ओसार्ने गर्थे । २०३६ सालदेखि नै भोजपुर बिमानस्थलबाट भारी बोक्ने भरियाहरुको लाम लाग्थ्यो ।

बिमानस्थलमबाट करिब ८ किलोमिटर उकालो भारी बोकेरै उनीहरुको दैनिक गुजारा चल्थ्यो । त्योबेला भोजपुरमा मोटर गुडने कुनै बाटो थिएन । नुन, तेल र मट्टीतेल लिन हप्तौँ लगाएर सुनसरीको धरान, चतरा, उदयपुरको बेल्टार र सप्तरीको फत्तेपुर आउजाउ हुन्थ्यो । मान्छेहरु आँफै ढाकरबाट भारी बोक्ने चलन थियो । तर दशकअघि सडकसञ्जालहरु एकपछि अर्को गर्दै विस्तार भएपछि ती भरियाका पेशा पनि लोप भए । विमानस्थल पनि कच्ची सडकले जोडिए । यात्रुलाई सदरमुकाम र घर पुग्न सहज भयो ।

पहाडी क्षेत्रमा जहाज अवतरण गर्दै

विकासले नयाँ गतीसंगै ०७३ सालमा विमानस्थलको स्तरोन्नती काम सुरु भयो । विभिन्न बाधा अवरोधका वावजुत पनि ०७४ बैशाखमा भोजपुर विमानस्थल कालोपत्रे बन्यो । नेपाल वायू सेवा निगमले हप्तामा ५ पटकसम्म उडान भर्न थालेपछि विरामी, यात्रुलाई काठमाडौँ र विराटनगर जान सहज भएको छ । विमानस्थलसंगै विमानस्थलसम्म पुग्ने सडकखण्ड पनि कालोपत्रे बनेपछि अहिले भोजपुरे नागरिकलाई सुनमा सुगन्ध मिलेको छ ।

आसफल्ट प्रविधीको कालोपत्रे :
गतवर्ष मात्रै प्रदेश सरकारको लगानीमा आसफल्ट प्रविधीबाट भोजपुर विमानस्थल जोडिने ५ किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको छ । १६ करोड ९२ लाख लागतमा बनेको उक्त प्रविधिको कालोपत्रेको मोटाई मात्र ४ सेन्टिमिटर रहेको छ । यो प्रविधिको कालोपत्रे जिल्लामै पहिलोपटक गरिएको हो । उक्त प्रविधीबाट गरिएको कालोपत्रे गुणस्तरीय रहेको ईन्जिनियर अमृत कुमार दाहालको दाबी छ ।

दुर्गम पहाडी क्षेत्रमा धमाधम कालोपत्रे सडक निर्माण हुँदै । तस्विर : शारादा

“यो जिल्लाका लागि उच्च गुणस्तरको नयाँ प्रविधिको कालोपत्रे हो, उनले भने प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रे कामलाई गुणस्तरीय बनाउन हामी लागी प¥यौँ, सोही अनुसार गुणस्तरिय सडक निर्माण भएको छ” सडक कालोपत्रेको काम २०७६ साल बैशाख महिनाबाट शुरु भएको ठेकेदार कम्पनी रायमाझी जगदम्बा मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले बताए । मौसममा सुधार आएकालेपनि गुणस्तरीय सडक निर्माण गर्न सहज भएर सम्झौतामा तोकिएको समय अगाडी नै काम सम्पन्न भएको ठेकेदार श्रेष्ठको भनाई छ ।

बिमानस्थल जोडिने सडक गुणस्तरीय कालोपत्रे भएपछि यात्रुका साथै ग्रामिण भेगबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई पनि सहज भएको छ । कच्ची सडकको सास्ती हटेपछि टयाक्सी, अटो टयाम्पो जस्ता चारपाङ्ग्रे सवारीसाधनबाट आरामदायी यात्रा गर्न सहज बनेको छ । सडक कालोपत्रे भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका गम्भिर किसीमका विरामीलाई गाडीबाट लैजानुपर्ने बाध्यता हटेको नागरिक उडयन प्राधिकरण भोजपुरका प्रमुख भीमदतm पन्तले बताए । पन्तले भने, “सडक कालोपत्रे भएपछि यहाँको जिवनस्तर नै फेरिएको छ, विगतमा जस्तो हिलो र धुलोको सास्तीपनि टरेको छ, यो जिल्लाबासीका लागि खुसीको कुरा हो ।”

कृषि उपजले बजार पायो :

सडक कालोपत्रे भएपछि सबैभन्दा टक्सारक्षेत्रका स्थानीय कृषि उपजले राम्रो बजार पाएको छ । सहजै सदरमुकाम लगायत बाहिरी जिल्लाका बजारसम्म यहाँ उत्पादित टमाटर, बन्दा, खुर्सानी जस्ता तरकारीबालीहरु पुग्न थालेका छन् । यहाँको स्थानीय उत्पादनले राम्रो मूल्य पाउन थालेको छ ।

भोजपुरको टक्सार स्थितको कालोपत्रे जहाज रनवे । तस्विर : शारादा

दैनिक ज्यालामा मान्छे लगाएर डोकोमा तरकारी बेच्दै हिँडेको दिनहरु सम्झँदै टक्सार पारपानीका स्थानिय कृषक तुलसा श्रेष्ठले भनिन्, ‘‘सडकले ती विगतका दुःखहरु हटाईदिएको छ, घरमै गाडी आउँछ, बजारबाट तरकारीको माग आउँछ, पहिलेभन्दा चारगुणा आम्दानी बढेको छ’’ सडक कालोपत्रेसंगै सवारी ढुवानी खर्च पनि घटेकाले कृषकलाई थप सहज भएको उनले सुनाईन् ।
भोजपुर टक्सार विमानस्थल सडकखण्डको कालोपत्रे ।

२०७८ असार १२, शनिबार ०३:३७ गते 1 Minute 55 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार