२०८० चैत्र १६ शुक्रबार

हतुवागढी शब्द घरद्वारा कवि कविता राई सम्मानित

-प्रकाश दिप्साली राई

असार-१८, नडाहा । ‘राष्ट्रिय कविता महोत्सव -२०७८’ का विजेता कवि कविता राई ‘हतुवागढी शब्द घर’द्वारा सम्मानित भएकी छिन् । आफ्नो कार्यक्रम ‘अक्षरालय’को दोस्रो अङ्कमा राईलाई सो सम्मान गरेको हो ।

केहि हप्ता अगाडीबाट फेसबुक लाइभमार्फत सन्चालन भैरहेको सो कार्यक्रमको दोश्रो अङ्कमा कवि कविता राईलाई मायाको चिनो, सम्मान पत्र, दोसल्ला र नगद रु .५ हजार ५ सय ५५ रुपियाँसहित सम्मान गरिएको अक्षरालयका प्रस्तोता दीपा मग्रातीले जानकारी दिएकी छिन् ।

शब्द घरले भोजपुर हुँदै पुर्वान्चलको साहित्यिक गरिमा उच्च बनाएको भन्दै सो सम्मान गरेको हो । कवि कविता राई गत असार ९ गते सम्पन्न यो वर्षको ‘नेपाल प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव -२०७८’ मा प्रथम बनेकी हुन् । ‘हतुवागढी शब्द घर’का प्रवन्धक तथा निर्देशक शम्भु बाछ्ना राईले कवि कविता राईलाई सम्मान गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताए ।

“हामीले त्यस्तो ठूलो सम्मान गर्न नसके पनि यसरी कविहरुलाई सम्झनसम्म पाउँदा नि खुशी लागेको छ ।” बाछना राईले थपे । सम्मानित भैसके पछि कवि कविता राईले कुनामा बसेर सिर्जना गर्ने एउटा सर्जकले यो माया पाउनु अहोभाग्य रहेको बताइन् ।

२०७८ असार १८, शुक्रबार ०९:२६ गते 1 Minute 272 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार