
असार-१८, काठमाडौं । नेपाल एयरलाइन्सको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोनाभाइरसविरुद्धको थप खोप लिन चीन जान लागेको जानकारी गोरखापत्र अनलाइनलाई दिनुभयो ।
‘आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट निर्देशन आएको छ,’ उहाँले भन्नुभयो, ‘विमान ८ तारिकमा बेइजिङ उडानले तयारी गरिएको छ ।’ सरकारले चीनसँग भेरोसेल खोप खरिदको पहल गरिरहेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।