२०८० आश्विन ७ आईतवार

भारतमा ४३ हजार ३९३ सङ्क्रमित थपिए

असार-२५, काठमाडौं । भारतमा कोरोनाभाइरसका ४३ हजार ३९३ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १७ लाख ९० हजार ७०८ नमूनाको परीक्षण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड सात लाख ५२ हजार ९५० पुगेको छ । भारतमा हाल चार लाख ५८ हजार ७२७ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ४४ हजार ४५९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९८ लाख ८८ हजार २८४ सङ्क्रमित निको भएका छन् ।

भारतमा हालसम्म चार लाख पाँच हजार ९३९ सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म ३६ करोड ८९ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।

२०७८ असार २५, शुक्रबार ०७:०९ गते 1 Minute 38 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार