
साउन-३, धरान । धरान-१२ चतरा लाईन स्थित रहेको सुनाखरी एकडेमीले यस बर्षको शैक्षिक शत्रदेखि कक्षा ११ को पनि पढाई संचालन गर्ने भएको छ ।
सुनाखरी एकेडेमी स्कूलका संचालक एवम प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा यस बर्षदेखि व्यवस्थापन बिषयको मात्र पढाई शुरु गर्ने तयारी भएको छ । ‘उनका अनुसार अहिले प्रि-रजिष्ट्रेसन तयारीमा छौं, प्रिन्सिपल राईले भने, ‘हामीले शिक्षाको गुणस्तरमा ध्यान दिएका छौं, त्यसैले यसबर्ष विद्यार्थी संख्या पनि ७० जना भन्दा बढी भर्ना लिने छैनौ ।
एकेडेमीले अध्ययन अध्यापनसँगै समयको माग अनुसार अन्य कलेजहरु भन्दा फरक ढंगबाट अध्यापन गराउने र अन्य अतिरिक्त क्रियाकलापहरुमा जोडदिएको जनाएको छ । प्लस टु को अध्यापन शुरु गर्न लागेपछि एकेडेमीले पढाईसँगै समयको माग अनुसार जिवनपयोगी कार्यक्रमहरुको पनि योजना बनाइरहेको छ । ‘उनले भने एकेडेमीले उत्पादन गरेको विद्यार्थीहरुले प्लस टु सम्मको अध्यानले नै कम्तीमा पनि आफनो खुट्टामा उभिन सक्ने किसिमको जीवनपयोगी सिपहरु दिने हाम्रो उदेश्य हो ।
प्रिन्सिपल राईका अनुसार विद्यार्थीहरुलाई अहिलेको समयमा अति उपयोगी हुने सेयर मार्केट सम्बन्धी ज्ञान दिइनेछ । जसले गर्दा भविष्यमा विद्यार्थीहरुको जीवन सहज हुने उनले बताए । ‘विद्यार्थीहरुलाई बर्तमान सेयर बजारको ज्ञान, उपयोगी र महत्वपुर्ण बारे धेरै भन्दा धेरै कार्यक्रम गरेर सिकाउछौं त्यसका साथै, ‘कृषि सम्बन्धी ज्ञान दिन्छौं, फर्महरु भ्रमण गराउछौं । रिपोर्ट राइटिङ, प्रस्तुती करणको कार्यक्रमहरु हुने छ । बोल्ने कला सिकाउन प्याकेजमा एङ्करिङ पनि गराउछौं । हाम्रा विद्यार्थीहरु हरेक क्षेत्रमा सफल होस्, उनीहरुको जीवन सधै चलाएमान होस, कही कतै अप्ठ्यारोमा नपारोस यस बारेमा एकेडेमी सधै सजग रहने छ ।
एकेडेमीले खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ । यहाँ टेवलटेनिस, कराते, डान्स र बास्केटवलका प्रशिक्षकहरु छन् । यहाँका विद्यार्थीहरुले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरु जितेका छन् । उनीहरुलाई थप प्रोत्साहन एवं प्रेरणा दिलाउन एकेडेमीले सम्मान गर्ने गरेको छ ।
यहाँका शिक्षकहरु आफनो विषयमा दक्ष र अनुभवी छन् । विद्यार्थीहरुलाई अनावश्यक नीति बनाएर बाध्नुभन्दा उनीहरुलाई आफैलाई जिम्मेवार बनाउने एकेडेमीको मान्यता छ । ‘विद्यार्थीहरुलाई दबाव दिएर, घोकाएर पढाउनुभन्दा बढ्न प्रेरित गरेर सिकाउनुपर्छ भन्ने एकेडेमीको मान्यता रहेको छ । अहिलेको नानीबाबुहरुलाई करकाप र दवाबमा पढाउनु भन्दा काउन्सेलिङ द्वारा ज्ञान दिनुपर्छ ।
एकेडेमीले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई सुनाखरी आइकोन कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ । नयाँ विद्यार्थीहरुको कला, प्रतिभा पहिचान गर्न र प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिने प्रिन्सिपल राईले जानकारी दिए । सुनाखरीले भविष्यमा साइन्स पनि शुरु गर्ने जनाएको छ ।
२०४५ सालमा सुनाखरी बोर्डिङ स्कुलको नाममा शुरु भएको स्कूल २०५९ सालमा कम्पनी अन्तर्गत दर्ता भई सुनाखरी एकेडेमीमा रुपान्तरण भएको हो । २०६४ सालदेखि कक्षा ६,७, ८ शुरु गरेको एकेडेमीले २०६७ सालदेखि एस.एल.सी. परीक्षामा सहभागी हुन थालेको एकेडेमीले ‘२०६७ मा एस.एल.सीको पहिलो ब्याचको रुपमा सहभागी भइ अहिले ११ औं ब्याचसम्मको सफल यात्रा तय गरीसकेको प्रिन्सिपल मिलन कुमार राईले बताए ।
अनलाईन फारम भर्नको लागि यो लिंक क्लिक गर्नु होला : https://forms.gle/hekZx7ioasMmfaDh8
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।