२०८० आश्विन १२ शुक्रबार

३ हजार १ सय ८ जना कोरोना संक्रमित थपिँदा २५ को मृत्यु

असार-५, काठमाण्डौ । नेपालमा आज ३ हजार १ सय ८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ३५  जनाको स्वाब परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ ।

यस्तै आज २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी आजसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै कुल मृतकको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।

२०७८ श्रावण ५, मंगलवार १२:२१ गते 1 Minute 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार