२०८० आश्विन १४ आईतवार

बिश्वब्यापी अनलाईन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता-२०७८को पुरस्कार वितरण

साउन-८, सुनसरी । बिश्वब्यापी अनलाईन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता-२०७८ को बिजेताहरुलाई आज एक औपचारिक कार्यक्रम मार्फत पुरस्कार वितरण गरियो। आयोजक समिति किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय कार्यसमितिद्वारा पुरस्कारमा नगदरासी र प्रमाणपत्र प्रदान गरिएको थियो

झापाको कमल गाउँपालिका-६ का बल बहादुर राई प्रतियोगितामा प्रथम हुनु भएको थियो। उहाँलाई नगद १६ हजार र प्रमणपत्र प्रदान गरियो । प्रतियोगितामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ का पम्फा खालिङ राई दोस्रो हुनु भएको थियो। उहाँलाई नगद १० हजार र प्रमणपत्र प्रदान गरियो । भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-३ का जीतुमाया राई तेस्रो हुनु भएको थियो। उहाँलाई नगद ८ हजार र प्रमणपत्र प्रदान गरियो । झापाको कमल गाउँपालिका -५ का मनकुमारी राईले सान्त्वना पुरस्कार जित्नु भएको थियो। उहाँलाई नगद ५ हजार र प्रमणपत्र प्रदान गरियो । सहभागीहरुमध्ये दुई जना ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरियो। खोटाङको जन्तेढुंगा गाउँपालिक-६, ओडालेका ९५ बर्षीया विष्णु माया राई र खोटाङकै हलेसीतुवाचुङ गाउँपालिका-५ का ९२ बर्षीया देशलक्ष्मीराईले ज्येष्ठ नागरिक सम्मान पाउनु भएका थिए।

कोङकोङमा (बिनायो) किराती जातिको मौलिक बाजा भएपनि प्रतियोगितामा गैरकिरातीहरुले पनि सहभागिता जनाउनु भएको थियो । विभिन्न देशबाट कुल ११९ जना सहभागी हुनु भएको थियो। कुल सहभागीमध्ये दोस्रो चरणको लागि ५५ जना छानिनु भएको थियो। दोस्रो चरणमा छानिनु भएका मध्ये सेमी फाइनल चरणमा २० जना छानिनु भएको थियो भने २० जना मध्ये फाइनल चरणमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना जित हासिल गर्नु भएको थियो। प्रतियोगितामा प्रदेश १ का सांसद विनादेवी राईले पनि भाग लिनु भएको थियो । उहाँ दोस्रो चरणको लागि छनौट हुनु भएपनि उत्कृष्ट २० मा भने पर्न असफल हुनु भएको थियो ।

किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राईको भनाईलाई उद्धृत गर्दै, कोङकोङमा (विनायो) किराती समुदायको मौलिक बाजा हो । लापोन्मुख अवस्थामा पुगेको यो बाजालाई संरक्षण, सम्बर्धन एवं प्रर्वद्धन गर्दै पुर्खाको नासो नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यो बाजाको धुनलाई डकुमेन्टेसन गर्न र बाजाको प्याटेन राइट अधिकार लिने अभियानको लागि पनि किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय कार्यसमितिद्वारा पहिलो पटक अनलाइन “भिडियो कोन्फेरेन्सिङ सर्विस जुम” मार्फत प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा फाइनल चरणको छनौट कार्यक्रमका निर्णायकहरुमा संघको संस्थापक अध्यक्ष जितेन राई, निवर्तमान अध्यक्ष राजु एन राई र पावर्ती राई रहनु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गायक, संगीतकार तथा साहित्यकार गणेश रसिक रहनु भएको थियो।

 

 

 

२०७८ श्रावण १५, शुक्रबार १७:३६ गते 1 Minute 131 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।