२०८० जेष्ठ १७ बुधबार

अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– अरुलाई पनि छिटो उद्धार गरियोस्

भदौ-१, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो ।

उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार त्यहाँ मात्र करिव ५०० नेपाली कार्यरत थिए ।

उनीहरु सबै सुरक्षित रहेको भन्दै उनले भने, ‘अमेरिकाले नै उद्दार गरेर दोहा पुर्यायो ।’

अफगानबाट फर्किएकाहरुको आग्रह छ, ‘अवैधानिक रुपमा अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि छिटो सरकारले उद्दार गरोस् ।’

२०७८ भाद्र १, मंगलवार ०७:२९ गते 1 Minute 36 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।