
भदौ-१, काठमाडौं । अफ्गानिस्तानबाट आएका १ सय २७ नेपालीलाई सामाखुसीको आइसोलेसन सेन्टरमा राखिने भएको छ । उनीहरू जजिरा एयरको विमानमार्फत आज बिहान १०ः २५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
उनीहरुलाई अहिले विमानस्थलमै राखिएको र आइसोलेसन सेन्टरमा लैजानका लागि प्रक्रिया भइरहेको छ विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिएका छन् । उनीहरुलाई केही दिन सामाखुसी सेन्टरमा राखिसकेपछि आवश्यक प्रक्रिया पुर्याएर घर फर्काइने बताइएको छ ।
551000cookie-checkअफ्गानिस्तानबाट आएकाहरुलाई सामाखुसीको आइसोलेसन सेन्टरमा राखिने