
स्वास्थ्य- घर बाहिर निस्किदा जहाँ पानी हँदैन त्यहाँ हामी हात सफा गर्न ह्यान्ड सेनिटाइजरको प्रयोग गर्ने गर्छौँ । सेनिटाइजर कोरोना भाइरसको महामारी अगाडि पनि प्रयोग हुने सामान हो । तर, अहिले भाइरसको संक्रमण बढ्दै गएपछि भने अनिवार्य जस्तै बनेको छ। बजारमा दुई प्रकारको सेनिटाइजरहरु पाइन्छ । एउटा जेली र अर्को वाटरबेस । यी दुई सेनिटाइजरहरु मध्ये जुन व्यक्तिको हात फुस्रो छ, अथवा भनौँ ‘ड्राइ स्किन’ छ, उसले जेली सेनिटाइजरको प्रयोग गर्नुपर्छ । त्यस्तै, जो व्यक्तिको हात चिल्लो छ, त्यस्ता व्यक्तिहरुले पानी जस्तो लिक्विड सेनिटाइजरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
फुस्रो छाला हुने व्यक्तिका लागि भने जेली सेनिटाइजरले पनि हात सुख्खा हुन सक्ने भएकाले साथमा अरु नै खालका एक्ट्रा मोस्चराइजर क्रिम पनि लगाउनु राम्रो हुन्छ । सेनिटाइजरको प्रयोग पश्चात् ५ देखि ६ मिनेटको फरकमा सुख्खा छाला हुने व्यक्तिहरुले मोस्चराइजर क्रिमको पनि प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
बजारमा अल्कोहलयुक्त र अल्कोहल बिनाको सेनिटाइजरहरु पनि पाइन्छ । अहिलेको अवस्थामा संक्रमणबाट सुरक्षित हुन ६० प्रतिशतभन्दा बढी अल्कोहल भएका सेनिटाइजरको प्रयोग गर्नु राम्रो हुन्छ । कोरोना भाइरसको रोकथामका लागि अल्कोहल भएको सेनिटाइजर नै प्रयोग गर्नु पर्छ । हातको सुख्खापनका लागि अल्कोहलले भन्दा पनि अन्य किसिमका तत्वहरुले बढी भूमिका खेलेका हुन्छन् । ‘क्लो अक्सिडेन्ट’ भन्ने तत्व जुन हाम्रो हात धुने साबुन तथा सेनिटाइजरमा प्रयोग गरिएको हुन्छ, त्यसले छालालाई सुख्खा बनाइदिन्छ ।’
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।