
भदौ-१, धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
मंलबार बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिस गरेको छ । कार्यपालिका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका सबै संयन्त्र, जनप्रतिनिधिहरु परिचालन गरिने छ ।
धरान नगरपालिकाको टोल टोलमा शंकास्पद व्यक्तिहरुको तथ्यांक संकलन गर्ने र पिसिआर परिक्षणको व्यवस्था गरेर पोजेटिभ देखिए आइसोलेसनमा राख्ने वा वीपी प्रतिष्ठानमा उपचारको लागि पनि समन्वय गरिनेछ । यो कार्यमा वडाका जनप्रतिनिधिहरुसँगै टोल विकास संस्थाहरु पनि परिचालन हुनेछ ।
लकडाउन अवधिमा बजार, पसल, तरकारी पसल तथा यातायात सबै पुर्णरुपमा बन्द गर्ने र उक्त समयमा निर्णय भएको छ । तर, दुध विरामीहरुलाई आवश्यक पर्ने भएकोले डेरी पसलमा अगाडि क्रेटमा मात्र राखेर बिक्री गर्न दिइने कार्यपालिका बैठकले निर्णय गरेको छ । यसपाली भने तरकारी पनि बेच्न नदिने निर्णय भएको छ ।
उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसारसर्वसाधारणहरुलाई ३ दिन आवश्यक सामान खरिद गर्न वा आफ्नो कार्यहरु सम्पन्न गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।
उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार- ‘आवश्यक काम गर्न वा खरिद गर्न ३ दिनको समय दिएका छौं, यो लकडाउन हामीले जनताकै ज्यान जोगाउनको लागि गरेका हौं, संक्रमणको चेन ब्रेक गर्न आवश्यक परेकोले बाध्यता हो, ‘उनले भनिन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।