२०८० मंसिर १४ बिहीबार

माधवको पार्टी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने, यस्तो बन्यो ६ मन्त्रीको सूची

असाेज-१२, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने ६ जना सांसदको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीका एक नेताले अध्यक्ष माधव नेपालले सांसदहरूसँग छलफलपछि मन्त्रीको नाम टुंगो लगाइसकेको बताएका छन् ।

ती नेताका अनुसार, ढिलोमा भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्नेछ । राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले सोमबार फिर्ता लिएको अवस्थामा ढिलोमा मंगलबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने ती नेताको दाबी छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार, सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने टुंगो लागिसकेको छ । खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री हुनेछन् ।

मन्त्रीका लागि सिफारिस भएका एक सदस्यले मन्त्रालय भने टुंगो नसकेको जनाए । यद्यपि, खतिवडा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने सम्भावना छ । त्यसैगरी, संस्कृति पर्यटन तथा नागिरक उड्डयन्त्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि एकीकृत समाजवादीले पाउने सम्भावना छ ।

स्रोतका अनुसार प्रदेश १ बाट भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रयास भएको थियो । तर, पार्टीभित्र समीकरण मिलाउँदा खापुङ अहिले मन्त्री नबन्ने बरु अर्को चरणमा उनलाई समेटिनेछ । प्रेम आले र शेरबहादुर कुँवरमध्ये कसलाई बनाउने भन्ने सहमति जुटेको थिएन ।

तर, कुँवर राष्ट्रियसभा सदस्यको भएको र उनको समय आउँदो फागुनसम्म भएकाले त्यसपछि उनलाई गैरसंसादको रूपमा मन्त्री बनाउन सकिने उपाय निस्किएपछि पहिलो चरणमा आले मन्त्री बन्न लागेका हुन् ।

त्यसैगरी, सरला यादवलाई उपसभामुख बनाउनेबारेमा छलफल अगाडि बढेको छ । अहिले मन्त्रीका लागि सिफारिसमा नपरेका केही सांसदलाई भने संसदीय समितिको सभापति बनाउनेबारेमा एकीकृत समाजवादीमा छलफल भइरहेको छ ।

२०७८ आश्विन १२, मंगलवार १३:१८ गते 1 Minute 55 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार