२०८० आश्विन ७ आईतवार

भाइटिकाको शुभसाइत विहान ११ बजे २ मिनटमा

कातिक-१९, धरान । यसबर्षको भाइटीकाको शुभसाइत कातिक २० गते शनिबारका दिन ११ बजेर २ मिनटमा रहेको नेपाल पञ्चाङ्क निर्णायक समितिले आधिकारीक विज्ञाप्ति जारी गरेको छ ।

नेपाली हिन्दुधर्मवालम्बीहरुको दशै पछिको ठूलो चाँड तिहार अहिले मुलुक भरी धुमधामका साथ मनाइरहेका छन् ।

धनधान्यका देवी लक्ष्मीको पूजाआराधाना गरी मनाइने तिहार विशेष गरेर रंगीविरंगी फुल र झिलिमिलि बत्तीको उत्सब, अनी चेलीमाइतीको लागि विशेष दिनको रुपमा मनाइने गरिन्छ । यो समयमा मानव जनजीवनसंग संगसंगै जीवनयापन गर्ने प्राणिहरु कुकुर, गाई, गोरु र कागको समेत विशेष पूजा गर्ने प्रचलन रहेको छ ।

तिहार अर्थात दिपावालीको अवसरमा घर सरसफाइ गरी झिलमिल बत्ति र रंगीविरंगी फुलहरुले घरलाई सिंगारेर रमाइलो गर्दै देउसी, भैलो खेल्ने, नाचगान गर्दै मिठो परिकार खादै रमाइलो गर्ने गरिन्छ र भाइटिकाको दिन आफनो दिदी वा बहिनीको हातबाट माइतीहरुले फुलमाला र शक्तिको प्रतीकको रुपमा सप्तरंगी टिका लगाउने गरीन्छ । सो अवसरमा हर चेलीहरुले आफनो माइतीको सु-स्वास्थ्य, दिर्घायू र प्रतापीको कामना गर्ने गर्दछन् ।

किराती राजा बलिहाङले पनि आफनो चेलीको हातबाट अजम्बरी फूलको माला र सप्तरंगी टीका लगाइ दिर्घायू र शक्तिको आशिर्वाद पाएका कारण मृत्यूपश्चात पूणरजन्म पाएको किराती समुदाय र नेपाली लोककथामा पाइन्छ ।

२०७८ कार्तिक १९, शुक्रबार १०:१७ गते 1 Minute 65 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार