
-विशाल रसिक राई
धरान। नेपाली साङ्गितिक इतिहास मा गायिका पबित्र सुब्बा को स्वर मा नेपाली श्रोताको मन मनमा बस्न सफल सर्वाधिक चर्चित ” गित तिमी तारे भिर” बोलको गीत पुनः मेल भर्सन मा भिडियो सहित सार्वजनिक भएको छ।
प्राज्ञ तथा साहित्यकार श्रावण मुकारुङको शब्द तथा शान्तिराम राईको संगीत रहेको यस गीतको चर्चा आज पनि उत्तिकै थियो अझ उदयमान गायक रेवत राईले मेल भर्सनमा सार्वजनिक भए सङै पुराना सहित नाया पुस्तामा समेत यो गीत चर्चा अझ बढेर गएको छ। गीत सहित भिडियो हेर्ने नेपाली दर्शकको जमात मा यस गीतको भिडियो चर्चाको बिषय बनेको छ।
नेपाली चलचित्र क्षेत्रको धार परिवर्तन गर्ने एक खम्बा,सर्वाधिक रुचाइएको जनताको कलाकार सुपर स्टार दयाहाङ राई लाई एक्सन कट भन्ने चर्चित निर्देशक किरण चाम्लिङ राईले निर्देशक गरेका छ्न। भिडियो को नायिका मिरुना मगरको मनछुने अभिनय ले कथा अझ मार्मिक बनाएको छ । निर्देशकको मेहनत कथा मा गजब देखिन्छ,अझ कथालाई भुपेन्द्र तुम्हाम्फे लिम्बूको लेन्स र क्यामेराले दर्शकलाई भिडियो सकिएको महसुस हुदैन।
आफैमा चर्चित गीत लामो समय पछि नया आवाज नया स्वाद अनि भिडियो सहित हेर्न पाउँदा दर्शकले अत्यन्तै मन पराएको यो छोटो समयको चर्चाले प्रमाणित गरेको बताउछ्न मेल भर्सन गीतका एरेन्जर देबेश राई। आफूले सानोमा गुनगुनाएको गित साङ्गितिक क्षत्रमा लागेको लामो समय पछि यसरी आफैले गाउनु पाउँदा आफुलाइ विश्वास गर्नु हुने गीतका अग्रज स्रष्टा हरु प्रती आभारी रहेको बताउछन गायक रेवत राई। गायकले यो गीतको भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।