२०८० मंसिर १४ बिहीबार

आप्रवासी स्रोत केन्द्र भोजपुरबाट अहिले सम्म २ हजार २ सय ६३ जना लाभान्वीत

-शारदा तामाङ

पौष-३, भोजपुर। भोजपुरमा अहिले सम्म २ हजार २ सय ६३ जनाले आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवशको अवसरमा शनिबार भोजपुर नगरपालिका अन्र्तगत सुरक्षित आप्रवासन परियोजना सामी भोजपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो । बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका ७ जनाले क्षतिपुर्ती पाएका छन् ।

सुरक्षित आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा भोजपुर नगरपालिकाका ४ जना, षडानन्द नगरपालिकाका २ जना र रामप्रसाद राई गाउपालिकाका १ जना गरी अहिले सम्म ७ जनाले क्षतिपुर्ती पाएका हुन् । सचेत, सीपमुलक र सुरक्षित रोजगार, मर्यादित श्रम आप्रवासीको मुल आधार भन्ने नाराका साथ शनिबार डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश मनाईएको हो । कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारीमा सिकेका सीप स्वदेशमै उपयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइ सकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धी मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने बारे पनि छलफल भएको छ ।

सुरक्षित आप्रवासन परियोजना सामी जिल्लामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिकामा सञ्चालन भैरहेको सामी भोजपुरका कार्यक्रम संयोजक टेक श्रेष्ठले जानकारी दिए । केन्द्रले ७० जनालाई न्यायमा सहजीकरण गरेको छ भने विभिन्न सीप मुलक तालिमको आयोजना गदै आएकोे छ ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहाल, प्रहरी नायव उपरिक्षक राज कुमार राई, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राई, उद्योग बाणिज्य संघ भोजपुरका प्रथम उपाध्यक्ष कर्ण मोक्तान लगायत बैदेशिक रोजगारबाट फर्किएकाहरुको उपस्थिति रहेको थियो ।

२०७८ पुष ४, आईतवार १३:३८ गते 1 Minute 82 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार