
–शारदा तामाङ
पौष-६, भोजपुर । भोजपुरमा २ दिने तामाङ समुदायको ताम्बा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाल तामाङ घेदुङ भोजपुर नगर समितिको आयोजनामा मंगलबार देखि ताम्बा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको हो ।
भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको कार्यक्रमको मेयर कैलाश कुमार आलेले उद्धघाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आलेले भाषा संस्कार र संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आलेले तामाङ समुदायको ताम्बा प्रशिक्षण पुस्ता हस्तान्तरणको पहिलो खुड्किलो भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनितिक दलमा विजयी भएका तामाङ नेता कार्यकर्तालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली कांग्रेशबाट विजयी गोपाल मोक्तान, कणर् मोक्तान, लिला माया तामाङ, नेकपा एमालेबाट विजयी दुर्गा योञ्जन र नेकपा माओवादी केन्द्रबाट शरण तामाङ रहेका छन् ।
ताम्बा प्रशिक्षण कार्यक्रम तामाङ इतिहास, धर्म संस्कृति, रितिरिवाजको खोजी तथा पुस्ता हस्तानतरण गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाल तामाङ घेदुङ भोजपुर नगर समितिका अध्यक्ष दुर्गा घिसिङले जानकारी दिए । ताम्बा प्रशिक्षण कार्यक्रममा ६० जना भन्दा धेरैको सहभगिता रहेको आयोजकले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।