
-शारदा तामाङ
पौष-१३, भोजपुर । भोजपुरको पुरानो डबली टक्सारमा भएको ३ दिने निशुल्क आखा सल्यक्रिया शिविरमा ९१ जना आखाको बिरामीको मोतीया विन्दुको सल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघ आँखा तथा नाक, कान उपचार केन्द्र भोजपुरको आयोजनामा शनिबार देखि सोमबार सम्म सञ्चालन भएको उक्त शिविरमा मोतीया बिन्दुको सल्यक्रिया गरिएको हो ।
विराटनगर आखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा नेत्र रोग विशेषज्ञ डा. प्रेरणा अर्याल काफ्ले लगायतको टिमले मोतिया विन्दुको सल्यक्रिया गरेको आखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताए । शिविरमा २९ जनाको सामान्य सल्यक्रिया गरिएको छ भने ५ सय जनाले आँखाको जाँच गराएका छन् ।
आखा शिविर सञ्चालन भएपछि सेवाग्राही खुसि भएका छन् । आफ्नै गाउघरमा आखाको उपचार गराउन पाउदा खुसी लागेको स्थानीय ८१ बर्षीय मोती माया शेर्पाले बताइन । शेर्पाले भनिन “आखा ठप्पै देख्दिन थिए उपचार पाए पछि संसारै उज्यालो देख्दा खुसी लागेको छ ।” शिविरमा आएका आखाका विरामीहरुलाई सहुलियत मुल्यमा चश्मा र औषधी वितरण गरिएको छ ।
पछिल्लो समय जिल्लामा आखा तथा कान उपचार केन्द्रबाट उपचार सेवाका साथै बेला बेलामा शिविर सञ्चालन हुदा खोटाङ र भोजपुरका आखाका विरामीलाई उपचार गर्न सहज भएको प्रमुख तामाङले जानकारी दिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।