
-शारदा तामाङ
माघ-४,भोजपुर । बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन हरेक पालिकामा सामी परियोजना संचालन गर्न आवश्यक रहेको जनप्रतिनिधिहरुले बताएका छन् । भोजपुरमा सुरक्षित आप्रवासनको नितिगत सम्बोधन र सामी परियोजनाको गुणस्तरीय कार्यान्वयनका लागि जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा मंगलबार उनीहरुले यस्तो बताएका हुन् ।
भोजपुर नगरपालिका अन्तरगत सुरक्षित आप्रवासन परियोजना सामी भोजपुरको आयोजनामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगारीमा रहेकाहरुको तथ्याङक संकलन गरी पास्र्व चित्र निमार्ण गर्ने, बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिहरुको भुमिका लगायत विषयमा छलफल भएको सामी भोजपुरका कार्यक्रम संयोजक टेक श्रेष्ठले बताउनु भयो ।
सामी परियोजना जिल्लामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिकामा सञ्चालन भैरहेको छ । परियोजनाले विभिन्न सीप मुलक तालिम, बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा समेत संचालन गदै आएकोे सामी भोजपुरका लेखा अधिकृत कर्ण पुलामीले जानकारी दिनु भयो ।भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजना भोजपुर खोटाङका कार्यक्रम संयोजक उमा पौडेल, भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, १२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।