२०८० आश्विन १४ आईतवार

भोजपुर नगरपालिकामा मात्रै बार्षिक १५ करोडको हाराहारीमा रेमिटयान्स भित्रिदै

 

शारदा तामाङ
माघ-८,भोजपुर । भोजपुर नगरपालिकामा बार्षिक १५ करोडको हाराहारीमा रेमिटयान्स भित्रिने गरेको पाइएको छ । भोजपुर नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन परयोजना सामी भोजपुरले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

नगरपालिकामा ७ सय ३४ जनामा गरिएको सर्वेक्षणमा ६२.६७ प्रतिशत युवा शिप नसिकी बैदेशिक रोजारीमा जाने गरेको पाइएको छ । अहिले सम्म ६५ जना विदेशमा समस्यामा परेको सुचना प्राप्त भएको सामी भोजपुरका संयोजक श्रेष्ठले जानकारी दिए । त्यसमध्ये चालु आर्थिक बर्षमा १३ जनाको उद्धार गरिको छ । ५ जनालाई २१ लाख ९५ हजार रुपैया क्षतिपुर्ति दिलाउन सफल भएको सामी भोजपुरका लेखा अधिकृत कर्ण पुलामीले बताए ।

नगरपालिकाले अहिले बैदेशिक रोजगार सम्बन्धि पास्र्व चित्र निमार्ण अन्तिम चरणमा पुर्याएको छ । भोजपुर नगरपालिका र टेम्के मैयुङ गाउपालिकाले परियोजना सम्बन्धि कार्यविधि कार्यपालिकाबाट पास समेत गरेको छ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको नेतृत्वमा सामी परियोजनाले जनप्रतिनिधि, प्रहरी, महिला अधिकारकर्मी, पत्रकार, विभिन्न पालिकाका रोजगार संयोजक तथा सरोकारवाला संग अन्तरक्रिया गरिसकेको छ ।

नेपाल सरकार र स्वीस सरकारको दुई पक्षिय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगद्धारा संचालित सामी परियोजना जिल्लामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिका गरी चार वटा स्थानीय तहमा सञ्चालन भैरहेको छ । परियोजनाले विभिन्न सीप मुलक तालिम, बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा समेत संचालन गदै आएकोे छ ।

 

२०७८ माघ ८, शनिबार ११:३२ गते 1 Minute 205 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।