२०८० आश्विन ७ आईतवार

प्रेस सेन्टरले बृद्धबृद्धालाई खिर खुवाइ १८ औं स्थापना दिवस मनायो

 

माघ-१५, ईटहरी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसके अबसरमा शनीबार इटहरी–१६ पकली स्थित राम जानकीशान्ती बृद्धाश्रमका बृद्धाहरुलाई खिर खुवाई आफनो स्थापना दिवस मनाएको छ ।

आश्रमपरिसरमा संस्थाका पत्रकार, नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्थितीमा एक शुभकामना कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बृद्धाश्रममा रहेका जम्मा १३ जना बृद्धाहरुलाई खिर खुवाइनुका साथै फलफुल समेत बितरण गरिएको थियो ।

संस्थाको स्थापना दिवशलाई रचनात्मक ढंगबाट कार्यक्रम गरेर मनाउने उद्धेश्यले बृद्धाहरुलाई खिर पकाएर खुवाई फलफुल बितरण गरेर दिवस मनाइएको सेन्टर जिल्ला समन्वय समितिका अध्यक्ष तिर्थ कार्कीले बताए ।

प्रेस सेन्टर जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, केन्द्रका प्रदेस नं. १ उपाध्यक्ष शिव कुमार डाँगी, आश्रम सन्चालक बिष्णु डागी र सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र इटहरी उपमहानगर समितिका उपाध्यक्ष, किरात बान्तवा खिमको केन्द्रीय अध्यक्ष ज्ञान किराँती, सेन्टरका केन्द्रीय सदस्यहरु राजन के.डि. र भरत राजशर्मा (गोपाल) प्रदेस सचिव विशाल राई लगायतको उपस्थिती रहेको थियो ।

सेन्टरका जिल्ला सचिव अच्युत भट्टराईले सन्चालन गरेको कार्यक्रममा सह–सचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेका थिए ।

२०७८ माघ १६, आईतवार ०६:३४ गते 1 Minute 53 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार