
माघ-२०, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ ।
बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म गण्डकी प्रदेशसम्म आइपुगेको छ । मौसमविद् राजु प्रधानाङ्गले अनलाइनखबरसँग भने, ‘सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको छ । साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।’
वर्षाका कारण देशभर चिसो बढेको छ । बिहीबार साँझ सबैभन्दा कम तापक्रम कास्कीको लुम्लेमा (४।५ डिग्री सेल्सियस मापन गरिएको महाशखाले जनाएको छ । काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।