
माघ-२०, काठमाडौं । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।
लोकसेवा आयोगले परीक्षाको समय तालिका सार्वजनिक गर्दै स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
आयोगले उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुनेछ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।