माघ २५ र २६ गते धरानमा बुस्टर डोज दिइदै, क-कस्ले लगाउँन पाउछन् बुस्टर ?

Spread the love

 

माघ‌-२३, धरान । मुलुकमा तेश्राे लहरकाे काेभिड-१९ काे महामारी बढी रहेकाे बेला यसकाे प्रतिरक्षाकाे लागि लगाइने खाेप बुस्टर डोज माघ २५ र २६ गतेबाट धरानमा दिइने भएको छ ।

धरायन उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ३ वटा खोप केन्द्रमा कोभिसिल्डको थप मात्रा बुस्टर डोज दिइने भएको हाे । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोक पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकीमा खोप केन्द्र रहनेछ भने धरान १५ एभरेष्ट लाइनस्थित आधारभुत स्वास्थ्य चौकीमा पनि खोप केन्द्र रहनेछ । यसैगरि, वडा नं १८ देवीथान लाइनस्थित वडा कार्यालयमा पनि अर्को खोप केन्द्र रहनेछ ।

बुस्टर डोज  क-कस्ले लगाइदै छ ?

पहिलाे चरणमा गत असार मसान्तसम्म कोभिसिल्डको दोस्रो मात्रा पुरा गरेका ६० बर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई बुस्टर डोज लगाइनेछ ।

यसैगरि, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंक्तिमा खटिने जनशक्तिलाई पनि बुस्टर डोज दिइने महाशाखाका प्रमुख उमेश मेहताकाले बताए ।

58210cookie-checkमाघ २५ र २६ गते धरानमा बुस्टर डोज दिइदै, क-कस्ले लगाउँन पाउछन् बुस्टर ?

प्रतिकृया दिनुहोस्