२०८० जेष्ठ १७ बुधबार

नेपाल लाइफ ईन्स्योरेन्सले मृत्युदाबी रकम भुक्तानी गर्यो

 

फागुन-१४, भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भोजपुर साखाले हतुवाढी गाउपालिका २ का मृतक विरेन्द्र कुमार राईको श्रीमती सपना राईलाई मृत्यू दावी रकम हस्तान्तरण गरेको छ ।

गत विहिवार हतुवागढी गापाको दिमालुङ पूर्णे डाँडामा एक कार्यक्रमको आयोजना गरि कम्पनीले १५ लाख ७५ हजार ६ सय ३१ रुपैया मृतक दावी विमा भुक्तानी गरेको हो ।

हतुवागडी गापा वडा नं. २ का वडा अध्यक्ष विचारी थापाको प्रमुख आतिथ्यता र दिमालुङ प्राथमिक बिधालयका प्रधानाध्यापक निमा राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी भोजपुरका साखा प्रमुख दिपक बस्नेत, स्थानीय बिमा अभिकर्ता तथा सगरमाथा माविका शिक्षक तारानाथ पराजुली, हतुवागढी दिमालुङ पर्यटन पूर्वधार विकास संस्थाका अध्यक्ष जीवन खाहोङ राई लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हतुवागढी गाउपालिका वडा नं. २ पूर्णेडाडाका होटल ब्यबसायी वीरेन्द्र कुमार राईले दूईबर्ष अगाडि मात्रै १५ लाखको विमा कबोल गरि दुई किस्ता प्रिमियम भुक्तानी गरेका थिए । उनको केहि महिना अगाडि ३७ बर्षको उमेरमा देहावसान भएको थियो ।

*नेपाल लाइफ ईन्स्योरेन्सले हुनु पर्नेमा अन्याथा हुनगएकोमा भूलसुधार गरिएको छ । -सम्पादक

२०७८ फाल्गुन १४, शनिबार १५:४६ गते 1 Minute 8 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।