
फागुन-१७, धरान । धरानका नव गायिका सन्ध्या खजुम लिम्बुको माया मारे बरै… बोलको लोक आधुनीक गीतको भिडियो मंलबार कुपी नामक यूट्यूव च्यानल मार्फत सार्वजानिक भएको छ । गीतमा धरानको पेरीफेरीको कहानीलाई टपक्क उनेर सम्बेदनात्मक, भावनात्मक, प्रेमविछोडलाई काल्पनीक र चोटीलो कथ्य भिडियो सामाग्री तयार गरेका हुन् पछिल्लो समय पूर्वबाट कथानक लयमा पारंगत दरिएका विशाल रसिक राईले ।
यस गीतका सर्जक हुन सन्तोष राई भने यस गीतलाई रसीलो संगीत भरेका छन् बिनोद खम्बुले ।
निर्देशक रसिकका अनुसार धरानको हरेक गल्लीहरुमा भेटिइरहने पात्र बास्तबिक हुलिया थाहा नभए पनि धरानेहरुले मायाले “धराने माइली” नाम दिएर बोलाउने एक सडक महिलाबाट प्रभावित पात्र पछिल्लो समय मोफसलको रङमञ्चमा उदाउँदो रंगकर्मी तुलसा थापा प्रमुख पात्र हुन् त्यसै गरी अर्का रंगकर्मी शंकर थापाले भने जस्तै, कथाले मागे जस्तै जिवन्त अभिनय गरेका छन् ।
यस सुन्दर भिडियोलाई श्री साम्पाङ राईले छायाँकन गरेका छन् भने गायक तथा संगीतकार मणी काङमाङ राईले सम्पादन गरेका छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।