२०८० जेष्ठ १७ बुधबार

भोजपुरमा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलमा खोटाङलाई हराउदै सुनसरी विजयी

-शारदा तामाङ
चैत्र-२, भोजपुर । भोजपुरमा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब सुनसरी विजयी भएको छ ।

भगवती स्पोर्टस क्लब खोटाङलाई १-२ गोलको अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो ।
बुधबारको खेलमा सुनसरीका खेलाडी पिटर सेगेन म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा आयोजक भोजपुर सहित ८ टिमको सहभागिता रहेको छ ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भैरहेको हो ।

प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले बताए ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विहिबार गोर्खा ब्याइज रूपन्देही र बसाह क्लब उदयपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

२०७८ चैत्र २, बुधबार १५:०८ गते 1 Minute 9 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।