२०८० मंसिर १४ बिहीबार

गाउँपालिका स्तरीय भलिबल रनिङ कप हतुवागढीले उचाल्यो

चैत-६, भोजपुर । गाउँपालिका स्तरीय भलिवल रनिङ कप प्रतियोगितामा हतुवागढी गाउपालिका प्रथम भएकोे छ । जिल्लाको दक्षिणी गाउँपालिका हतुवागढीको सगरमाथा उच्च माविको खेल मैदानमा सम्मपन्न भएको उक्त खेलमा हतुवागढीले झापा गाउँपालिकालाई हराउदै प्रथम भएको हो ।

हतुवागढी खेलकुद बिकास समिति हतुवागढी भोजपुर द्वारा प्रथम पटक आयोजित उक्त भलिवल रनिङ कपमा महिला खेल तर्फ भने रामप्रसाद राई गाउँपालिकालाई हराउदै आमचोक गाउँपालिका प्रथम भएको छ ।

पुरुष खेल तर्फको विजेता टिमले नगद पुरस्कार १ लाख ५० हजार ५ सय ५५ रुपैया पाए भने उप विजेता टिमले नगद १ लाख ११ सय ११ रुपैया प्राप्त गरे । त्यसैगरी महिला खेल तर्फ प्रथम भएका आमचोक गाउपालिकाले नगद रु ७५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे भने उप विजेता रामप्रसाद राई गापाले नगद रु ५० हजार ५ सय ५५ रुपै प्राप्त गरे ।

खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै बेष्ट स्पाइकर हतुवागढीका खेलाडी अनिष राई घोषित भएभने महिला तर्फ आमचोक गाउपालिकाका रोसिका बराइली बेष्ट स्पाइकर घोषित भए । हतुवागढीका एमन राई बेष्ट सेटर, जीवन राई वेष्ट डिफेन्स, बेष्ट प्लेयर रामकुमार तामाङ घोषित भएभने झापा गापाका रोहित शिवाकोटीले बेष्ट बलकर उपाधि पाए ।

महिला तर्फ आमचोक गापाका रुमा श्रेष्ठ बेष्ट सेटर, सरला राई बेष्ट डिफेन्स, बेष्ट प्लेयर विमला श्रेष्ठ घोषित भएभने रामप्रसाद राई गापाका विनिता ईशारा राई बेष्ट सर्वर घोषित भए ।

पुरुष टिमतर्फ हतुवागढी गापा, सभापोखरी संखुवासभम गापा, आमचोक गापा, टेम्के मैयुङ, झापा गापा, आयोजक, रामप्रसाद राई गापा र दमक गापा सहभागी थिए भने, महिला तर्फ हतुवागढी गापा, आमचोक, दमक, पाचखपन गापा संखुवासभा, रामप्रसाद राई गापा र आयोजक टिम गरि जम्मा १४ टिम सहभागी थिए ।

हतुवागढी गाउँपालिकाको आर्थिक सहयोगमा हतुवागढी खेलकुद विकास समिति हतुवागढी भोजपुरको आयोजनामा आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री मनानीय शेरधन राई प्रमुख अतिति रहेका थिए भने विशेष अतिथिको रुपमा हतुवागढी गापाका अध्यक्ष प्रेमकुमार राई, खेलकुद विकास बोर्ड प्रदेश नं. १ सदस्य सचिव पर्शुराम बस्नेत उपस्थिति रहेको थियो समितिका अध्यक्ष बालकुमार राईको सभाध्क्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, स्थानीय नेता, शिक्षासेवी र खेलकुद प्रेमीहरुको बाक्लो उपस्थिति थियो । सतितिका सचिव प्रकाश बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

२०७८ चैत्र ६, आईतवार ०८:०२ गते 1 Minute 292 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार