
-शारदा तामाङ राई
चैत्र-७, भोजपुर । पाँचौ मेयर भोजपुर गोल्डकपको उपाधी गोर्खा ब्वाइज रुपन्देहीले जितेको छ । अमुक्ता परिवार, पश्चिम बङ्गाललाई ५-० गोलले हराउँदै रुपन्देहीले गोल्डकपको उपाधी जितेको हो ।
जितसँगै रुपन्देहीले पाँच लाख र उपविजेता पश्चिम बङ्गालले नगद तीन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । भोजपुरको स्थानीय टुँडिखेलमा भएको खेलमा रुपन्देहीका तर्फबाट फोफनाले खेलको ३८ औँ र ४४ औँ मिनेटमा दुई गोल गरेका थिए भने यानिकले खेलको ५२ औँ र ७० औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै, खेलको ६४ औ मिनेटमा सुसन तामाङले १ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका खेलाडी फोफना भए । प्रतियोगिताको उदयमान खेलाडी भोजपुरका प्रवीण राई, उत्कृष्ट गोलरक्षक रुपन्देहीका देव लिम्बू, रुपन्देहीकै उत्कृष्ट रक्षक एबोडे, उत्कृष्ट मिडफिल्डर सुनिल खडका, उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खडका, सर्वाधिक गोलकर्ता यानिक र अमुक्ता परिवारका सौरभ तामाङ बने ।
गोर्खा ब्वाइज रुपन्देहीका सुशील यादव सर्वोत्कृष्ट खेलाडी बन्नका छन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा सह प्रायोजन चौधरी ग्रप नेपाल र रमष्ट्रिय बाणिज्य बैकले गरेको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।
प्रतियोगितामा अमुक्ता परिवार, पश्चिम बङ्गाल भारत, आयोजक बिडिएफए भोजपुर, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी आठ टिमको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।