२०८० जेष्ठ १७ बुधबार

भोजपुरमा रक्त सञ्चार सेवा केन्द्रको संघिय सासंद सुदन किरातीद्धारा उद्धघाटन

 

-शारदा तामाङ राई
चैत्र-१८, भोजपुर । भोजपुरमा रक्त सञ्चार सेवा केन्द्रको उद्धघाटन गरिएको छ । संघिय सासंद सुदन किरातीद्धारा विहिबार शिलालेख अनावरणका साथै रगत दान गर्दै उद्धघाटन गरिएको हो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सासंद सुदन किरातीले भोजपुरे जनताका स्वास्थयका लागि सधै प्रतिबद्ध रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद किरातीले जिल्ला अस्पताललाई ५० सश्याको बनाउने काममा आफनो विशेष धुमिका रहने उल्लेख गरे । यस्तै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले भोजपुरमा ब्लड बैक संचालनमा निरञ्तरता र कर्मचारी टिकाउने विषयमा विषेश ध्यान दिनु पर्ने बताए ।
ब्लड बैक स्थापनाका लागि संघिय सांसद किरातीले निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रमबाट ५० लाख बजेट विन्योजन गरेका थिए । यस्तै भोजपुर नगरपालिकाले आर्थिक तथा कर्मचारी व्यवस्थापन गरेपछि औपचारीक रुपमा ब्लड बैक सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा भोजपुरका कार्यक्रम संयोजक तेज श्रेष्ठले जानकारी दिए ।

रक्त सञ्चार सेवा केन्द्रमा अहिले सम्म ९३ पाउण्ड रगत संकलन गरिएकोमा १३ पाउण्ड जिल्लामै खपत गरिएको छ भने ८० पाउण्ड घोपा क्याम्प धरान पठाएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको सहजिकरणमा जिल्ला अस्पतालमा पहिलो पटक २०७८ भदौ २१ गते बाट रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएको हो ।

ब्लड बैकलाई आगामी दिनमा निरन्तर सञ्चालन गर्न भोजपुर नगरपालिका, अस्पताल विकास समिति र रेडक्रसले सहकार्य गर्नुपर्ने रेडक्रस भोजपुरका सभापती तुल बहादुर शुब्बाले जोड दिए । यसअघि जिल्ला अस्पतालमा ब्लड बैक नहुदा जटील प्रकृतीका बिरामी र प्रसुती सेवा लिन आउने महिलाका लागि नेपाली सेनासंग सहयोग माग्नुपर्ने बाध्यता रहेको थियो ।

भोजपुरमा ब्लड बैक सञ्चालनमा आएसंगै जिल्लाबासी खुसी भएका छन् ।

 

२०७८ चैत्र १८, शुक्रबार ०७:०३ गते 1 Minute 29 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।