२०८० आश्विन १४ आईतवार

मिलनको ‘बन्द बाक्सा’ खुल्यो

नाटक ‘बन्द बाक्सा’ मञ्चन गर्दै कलाकार । तस्वीर : इपाेष्ट टाइम्स

-विशाल राई
चैत-१६, धरान । साकेला सीलिलाई पछ्याउँदै ढोल र झ्याम्टाको धुनले गुन्जिएको नाटककोलागी सजिएको मंच, जहाँ एक हुल जमात साकेला नाच्दै रामाउदै आ-आफ्नो बाटो लाग्छ्न।

त्यही पृष्ठभुमिलाई टेकेर एक प्रेमिल जोडिको कथा सुरु हुन्छ। त्यही जोडि विवाह बन्धनमा बाधिए संगै घरको आर्थिक र सामाजिक दायित्वले बाधिएको एउटा पुर्बेली राई केटो वैदेशिक रोजगारिको परदेश लाग्छ। यहि कथाको पेरिफेरिमा सलल बगेको दृश्यहरुले कहिले दर्शकहरुलाइ हसाउछ त कहिले रुवाउछ।

नाटक ‘बन्द बाक्सा’ मञ्चन गर्दै कलाकार । तस्वीर : इपाेष्ट टाइम्स

हराउदै गरेको नाटकहरुको पुस्ता पुनर्जीबित गर्ने र नाटकको वास्तविक स्वाद दर्शक हरुलाई चखाउने निरन्तर प्रयासमा रहेको एक नाटक समूह पुर्वको धरानमा रहेको “रंगभुमी ” एकेडेमीको समूह पनि हो। विष्णु मोक्तानको नेतृत्वमा रहेको यस समूहले निरन्तर नाटक प्रस्तुत गरिरहेको छ। यहि समुहका युवा निर्देशक हुन मिलन चाम्लिङ राई ।

रंग कर्ममा रमाइ रहेका निर्देशक राईको यो दोश्रो निर्देशन हो भने यस “बन्द बाक्सा” नामक नाटकका कथा समेत उनी आफैले लेखेका हुन। पुर्वको माझ किरात तिरको स्थानीय बोलिचालीको सम्बाद र नाटकमा देखिने मौलिक दृश्यहरुले दर्शकलाई एकै छिनको लागि त्यही गाउघर र त्यहीँ परिवेशमा पुर्याउनु सक्छ।

देशको राजनैतिक र आर्थिक अवस्था अनि गाउघरका गाउले जीवन हेर्दा हेर्दै मीठो सन्देश दिएर नाटक कति बेला सकिन्छ थाहा नै हुदैन।

धरान १० स्थित रहेकाे शैनीक भवनमा चैत २७ गते देखि बैशाख ३ गते सम्म नाटक बन्द बाक्सा हरेक दिन ४:३० बजे मञ्चन हुनेछ भने शुक्रवार र शनिवार भने दिउसाे १ बजे समेत हेर्न सकिने निर्देशक राइले बताए ।

नाटक ‘बन्द बाक्सा’का कलाकार । तस्वीर : इपाेष्ट टाइम्स

२०७८ चैत्र २६, शनिबार १५:२१ गते 1 Minute 137 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।