
वैशाख-२, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य १ लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।
अघिल्लो कारोबार दिन चैत ३० गते छापावाल सुनको मूल्य एक लाख एक हजार पाँच सय र तेजावी सुनको मूल्य एक लाख एक अहजार रुपैयाँ थियो । सो दिन चाँदी १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।