
वैशाख-२, सुनसरी । नेपालकाे पूर्वी तराइ क्षेत्रका बिभिन्न आदिबासी समुदायले यो बर्ष हर्ष उल्लासका साथ सिरुवा पर्व मनाइरहेका छन् । कोरोना संक्रमणको महामारीले दुई बर्षसम्म खुलेर सिरुवा पर्व मनाउन नपाएका आदिबासी समुदायले यो बर्ष सिरुवा पर्व भब्यताकासाथ मनाएका हुन् ।
राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले बैशाख १ गते विहिबार पानी एक अर्कालाई छ्यापेर र दोश्रो दिन शुक्रबार हिलो (काद) दलादल गरेर अन्तिम अर्थात शनिवार रंग दलेर यो पर्व मनाउँदै छ्न । कतिपय ग्रामथानहरुमा सामुहिक कुलपुजासहितको धार्मिक मेला समेत लाग्दैआएको छ ।
एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा भेला भएर यो पर्व मनाउने कार्य भइरहेको आदिबासी नेता नित्यानन्द ताजपुरीयाले बताउनुभयो । उहाँकाअनुसार आ-आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्ने कार्य पनि भइरहेको छ ।
बिशेषा गरेर पूर्वी कमल गाउँपालिका ६ को ग्रामथानमा सदियौकालदेखि परम्परागत रुपमा हुँदैआएको कुलपुजासहितको धार्मिक मेला पनि यो बर्ष भब्य रुपमा सकिएको छ । विहीबार लागेको मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिनुभयो ।
विवाह गरेर गएका छोरी-चेली बोलाएर, देश-विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको गौरीगन्जकी आदिबासी अगुवा महिला फुलवती राजवंशीले बताउनुभयो । भऽःलदजवपपजद
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।