
-शारदा तामाङ राई
बैशाख-६, भोजपुर । भोजपुरमा सत्तारुढ गठबन्धन दलहरु बिच स्थानिय तहको निर्वाचनमा तालमेल गर्ने सहमती भएको छ ।
वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि जिल्लाको २ नगरपालिका सहित ५ गाउँपालिकामा तालमेल गर्ने सहमती भएको हो ।
सहमती अनुुसार नेपाली काङग्रेसले २ नगरपालिका सहित ३ गाउपालिका गरि ५ वटा स्थानिय तहको प्रमुख पाएको छ । नेकपा माओवादी केन्द्रको भागमा २ वटा स्थानिय तहको प्रमुुख परेको छ ।
वाकी २ गाउपालिकामा भने स्वच्छ प्रतिस्पर्धा गर्ने सहमती भएको काग्रेस भोजपुर सभापती बिनोद वान्तावाले बताए ।
सभापती बान्तावाका अनुुसार नेपाली काग्रेसले भोजपुुर नगरपालिका , षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकामा प्रमुख पाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको अध्यक्ष पाएकोे छ । कांग्रेसले रामप्रसादराई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमाा उपाध्यक्ष पद पाएको छ ।
नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफनो पार्टी उम्मेदवार उठाएर स्वच्छ प्रतिस्पर्धा गर्ने भएका छन ।
स्वच्छ प्रतिस्पर्धा गर्ने सहमती भएका पालिकाहरुमा यस अघि आमचोक गाउपालिका माओवादी र अरुण गाउपालिका काग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको गाउपालिका हो । जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा माओवादीलाई उप प्रमुख दिने सहमती भएको छ ।
यस्तै सत्तारुढ गठबन्धन दलहरु बिच जिल्लाको ८१ वडा मध्ये कुन कुन वडामा गठवन्धन गर्ने भन्ने बिषयमा छलफल जारी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।