२०८० आश्विन १४ आईतवार

टेम्के मैयुङ गाउपालिका अध्यक्षका फुसको छानो हटाउने कार्यक्रम रोकियो : सांसद किराती

 

बैशाख-२७, भोजपुुर । संघिय सांसद सुुदन किरातीले टेम्के मैयुङ गाउपालिका अध्यक्ष ध्रुवराज राईका कारण फुसको छानो हटाउने कार्यक्रम रोकिएको बताएका छन । टेम्के मैयुङ गाउपालिका २ छिनामखुुमा आयोजित चुुनावी सभालाई सम्बोधन गर्दै सांसद किरातीले यस्तो बताएका हुुन । फुसको छानो हटाउने कार्यक्रम सुुदन किरातीले रोकि दिएको भन्ने आरोपको खारेज गर्दै उनले कार्यक्रम प्रभावित हुुनुुको कारण बारे स्पष्ट पारेका हुन । सांसद किरातीका अनुसार गाउपालिकाले ढिलासुस्ती गरेका कारण दोश्रो बर्ष फुसको छानो हटाउने कार्यक्रम रोकिएको हो ।

उनले टेम्केबासीलाई भ्रममा नपर्न अपिल गर्दै गाउपालिकाका जनप्रतिनिधीको बेवास्ताले जनताको अधिकार बिस्थापित भएको दावी रहेको छ । पहिलो बर्ष २ सय २५ घरको फुुस्को छानो हटाउने कार्यक्रम रहे पनि सबै काम नभएको र भएको रेकर्ड पनि गाउपालिकाले मन्त्रालयमा नपठाउदा समस्या आएको उनको भनाई छ ।

अहिले छाना छाएकाहरुले पहिलो किस्ता मात्र पाएको र दोश्रो किस्ता भने नपाएको सांसद किरातीले जानकारी दिए । उनले भने जनताको अधिकार खोस्ने काम जनप्रतिनिधी बाटै भएको छ , तपाई गाउपालिका बासीले यस्को जवाफ ३० गते हुने स्थानिय तह निर्वाचनमा दिन आग्रह गर्छुु । फुुस्को छाना हटाउने कार्यक्रम रोकिएको भनेर अध्यक्ष राईलाई सोध्न पनि उनले जनतालाई सुुझाव दिएका छन । सघिय शहरी बिकाश मन्त्रालय अन्र्तगत भोजपुरमा पहिलो बर्ष २ हजार ३ सय २३ घरको फुुस्को छाना हटाउने कार्यक्रम परेको थियो ।

जस अन्र्तगत टेम्के मैयुङ गाउपालिकामा २ सय २५ घरको फुुस्को छाना हटाउने कार्यक्रम परेको हो । यो कार्यक्रमबाट वडा नम्बर ५ मा ४० , वडा नम्बर ६ मा ६५ , वडा नम्बर ७ मा ७० र वडा नम्बर ८ मा ५० घरको फुस्को छाना हटाउने लक्ष्य रहेको थियो ।

 

२०७९ बैशाख २७, मंगलवार १६:२१ गते 1 Minute 35 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।