भोजपुर नगपालिकामा एमालेका मेयर पदका उम्मेदवारको छोराले चलाएको गाडीमा प्रचार सामाग्री बरामद

Spread the love

बैशाख-२९ भोजपुुर । भोजपुर नगपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार भरत तामाङका छोरा दुर्गा योञ्जनले चलाएको प्रेसको लेखिएको गाडीमा एमालेको प्रचार सामाग्री बरामद भएको छ । निर्वाचन आचार संहिता उल्लंघन गरी मौन अबधिमा एमालेको प्रर्चा, पम्पलेट, घोषणा पत्र बोकेको गाडीमा बुुधवार प्रचार सामाग्री बरामद गरिएको हो ।
तामाङ सहित एमाले प्रदेश कमिटि सदस्य राजन श्रेष्ठल सवार बागमती प्रदेश ०१ ०२६ च १२९१ नम्बरको गाडीबाट एमालेको प्रचार सामाग्री फेला पारिएको हो । भोजपुर नगरपालिका १२ टक्सारमा भोट माग्दै गर्दा योञ्जन र श्रेष्ठलाई स्थानीयले भेटे पछि उनीहरु सवार प्रेस लेखेको गाडि भागेको स्थानियले बताएका छन । भागेको गाडि भोजपुुर नगरपालिका ७ हेलीडाडाँमा एमालेको पर्चा, पम्पलेट र घोषणा पत्र सहित स्थानीयवासीले रोकेका हुन ।

त्यहाबाट गाडी सहित योञ्जन र श्रेष्ठलाई प्रहरीले लगे पनि जिल्ला प्रहरी कार्यालय भोजपुुरका डिएसपी राजकुमार राईले भने उनिहरु प्रहरीको नियन्त्रणमा नरहेको बताए । घटनाका बारे बुुझन खोज्दा डिएसपी राईले बाटो छेकाछेक मात्र भएको दावी गरेका छन । यता स्थानिय भने योञ्जन र श्रेष्ठलाई प्रहरीले नियन्त्रण नगरेको भन्दै आक्रोसित भएका छन ।

यस्तै प्रेस लेखेको गाडिबाट एमालेको पर्चा पम्पलेट र घोषणा पत्र भेटिनुले नेपालको संविद्यान, कानुन र निर्वाचन आचार संहिताको एमालेले धज्जी उडाएको स्थानीय मनु राईले बताईन । मौन अवधिमा प्रेस लेखेको गाडीको बिषयमा पत्रकार महासघ भोजपुुर शाखा र प्रेस काउन्सीलले तत्काल छानविन गरी कार्वाहि गर्नु पर्ने समेत उनले माग गरेकी छिन । घटना बारे माओवादि केन्द्रका स्थानीय नेता बेनुप खत्रीले मौन अवधिमा निर्वाचन आचार संहिता उल्घन गर्ने माथि तत्काल कार्वाही हुुनुु पर्ने भनाई छ । स्थानीय घमचन्द्र दाहालले पनी कानुनको धज्जी उडाउन नपाईने भन्दै कानुन अनुसार योञ्जन र श्रेष्ठलाई तत्काल कार्वाहिको माग गरेका छन । जिल्ला निर्वाचन कार्यालय भोजपुुरका प्रमुख तोपलाल भुुषालले भने उजुुरीका आधारमा कार्वाही अघि बढने बताए । घटनाका बिषयमा बैठक बसेर निणर्य गरिने उनले जानकारी दिएका छन । घटनालाई ढाकछोप गर्न एमाले कार्यकर्ताले बिरोेध पर्दशन गरेका छन । उनिहरुले जिल्ला सदमुुकाममा नाराबाजी सहित बिरोध पर्दशन गरेका हुन ।

59540cookie-checkभोजपुर नगपालिकामा एमालेका मेयर पदका उम्मेदवारको छोराले चलाएको गाडीमा प्रचार सामाग्री बरामद

प्रतिकृया दिनुहोस्