२०८० मंसिर १४ बिहीबार

कुुसुुममाया राई छात्रवृति अक्षयकोष स्थापना

 

-शारदा तामाङ राई
बैशाख-३०, भोजपुुर । भोजपुुरको आमचोक गाउपालिका स्थित सरस्वती माध्यमिक बिद्यालयमा कुुसुुममाया राई छात्रवृति अक्षयकोष स्थापना गरिएको छ । गाउपालिकाको वडा नम्बर २ यूू मा रहेको बिद्यालयमा १ लाख १ हजार १ रुपैयाको अक्षयकोष स्थापना गरिएको हो ।

अक्षयकोष स्वर्गिय कुुसुुममाया राईका श्रीमान अमलध्वज राई संरक्षक रहने गरि स्थापना गरिएको बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष राजिन कुमार राईले बताए । अक्षययकोषको व्याजबाट हरेक बर्ष बार्षिक परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने एक जना छात्र र एक जना छात्रालाई छात्रवृति प्रदान गरिने लक्ष्य राखिएको प्रधानाध्यापक उतम कुुमार राईले जानकारी दिए ।

स्वर्गिय राईका दुुई छोरा बुुहारीहरु बिष्णुु कुुमार राई , हेमा राई , उतम कुुमार राई र पुुष्पादेवी राई शिक्षण पेशामा आवद्ध रहेका छन ।

जिल्लाको आमचोक गाउपालिका १० पाङचामा जन्मनुु भएकी राईको २०७८ बैशाख ३० गते आमचोक २ दाङखामा निधन भएको थियो ।

२०७९ बैशाख ३०, शुक्रबार ०५:५३ गते 1 Minute 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार