
बैसाख-३१, आम्चोक । आम्चोक गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मत गणना शुरु भएको छ ।
निर्वाचन अधिकृत कार्यालय आम्काचोकको अनुसार गापाको वडा नं. १ वासिङथर्पुको अहिले मतगणना भईरहेको छ ।
पछिल्लो मतगणनाको परिणम अनुसार नेकपा एमालेको तर्हबाट प्रमुख पदका उम्मेदवार वशन्त राईले २५० मत प्राप्त गरेका छन भने उपाध्यक्ष पदका उम्मेदवार छिरिङ सेर्पाले २७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी माओबादी केन्द्रका प्रमुख पदका उम्मेदवार अशोक राईको १२० मत, उपाध्यक्ष पदका उम्मेदवार सीता राईले ११६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका निम्नुरी सेर्पाले २८५ मत प्राप्त गरेका छन भने माओबादीका उम्मेदवारले ११२ मत प्राप्त गरेका छन् ।
गापाको वडा नं. १ मा जम्मा ४ सय मत गणना हुदाको मत परिणाम हो । बाँकी २१६ मत गनणा हुन बाँकी रहेको छ, मत गणना कार्य निरन्तर जारी रहेको छ ।