२०८० जेष्ठ १८ बिहीबार

धरानमा मतगणना शूरु, गठबन्धनका उम्मेदवारहरु अगाडी, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याउदै

बैसाख-३१, धरान । धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ ।

वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसोर राईले ११६ मत पाएका अग्रता लिएका छन् ।स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ७६ मत ल्याएरका छन् ।

नेकपा एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ५३ मत पाएकी छिन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएका छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले १८ मत पाएका छन् ।

धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मात्र मतगणना भइरहेको छ । धरानको कुल मतदाता १ लाख ३२४ मध्ये शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो ।

२०७९ बैशाख ३१, शनिबार ०९:२८ गते 1 Minute 9 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।