
बैसाख-३१, आम्चोक । आम्चोक गाउँपालिकाको जारी मतगणनामा १ नं. वडाको मतगणना सम्पन्न भइको छ । नेपाली कांग्रेसको तर्फवाट वडा अध्यक्ष पदकाा उम्मेदवार निम्नुरी शेर्षाले ४ सय १६ मत ल्याई बिजयी भएका छन् । उनको निकटतम प्रतिद्दन्दी नेकपा माओबादीका उम्मेदवारले १ सय ६२ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेको तर्पmका प्रमुख पदका उम्मेदवार वशन्त राईले ३ सय २८ मत प्राप्त गरेका छन भने उनको निकटतम प्रतिद्दन्दी नेकपा माओबादीमा असोक राईले २ सय १ मत प्राप्त गरेका छन । त्यसैगरी उप प्रमुख पदमा माओबादी केन्द्रका उम्मेदवार सीता राईले १ सय ६० मत प्राप्त गरेका छन । उप प्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारले ४ सय ३ मत प्राप्त गरी बिजयी भएका छन् । गापाको वडा नं. १ वासिङथर्पुमा खसेको मतसंख्या जम्मा ६ सय १६ मध्य १७ मत बदर भएको थियो ।
आम्चोक गाउपालिकामा नेकपा एमाले र कांग्रेस विच गठबन्धन गरेर निर्वाचन लडेका हुन् । अन्य वडाको मतगणना कार्य निरन्तर जारी रहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।