
बैसाख-३१, हतुवागढी । हतुवागढी गाउँपालिकामा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार वडा नं. २ मा नेकपा एमालेले अग्रता लिएको छ ।
हतुवागढी गाउँपालिकाकै निर्णायक वडा मानिने २ नं. वडामा खसेको जम्मा १२६२ मतमा ७०० सयको गणना गर्दा प्राुख पदका लागि नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईले ३६४ मत प्राप्त गरेका छन् । त्यसैगरी उप प्रमुख पदका उम्मेदवार कमल राईले ३५८ मत प्राप्त गरेका छन भने वडा अध्यक्ष विचारी थापाले ३६० मत प्राप्त गरेका छन् ।
गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार गजेन्द्र कार्कीले ३१४ मत, उप प्रमुख पदका उम्मेदवार सुनिता राईले ३१८ मत र वडा अध्यक्षका उम्मेदवारले ३०८ मत प्राप्त गरेका छन ।
अब जम्मा ४६२ मत गणना गर्न बाकी रहेको निर्वाचन अधिकृतको कार्यालय घोडेटारले बताएको छ
600000cookie-checkहतुवागढीको १ र ९ को वडाध्यक्ष पदमा एमाले विजयी, २ मा पनि एमालेको अग्रता