२०८० आश्विन ७ आईतवार

आमचोक गाउँपालिकाको १० नं. वडाध्यक्षमा माओबादी विजयी

बैसाख-३१, आमचोक । आमचोक गाउँपालिकामा जारी मत गणनामा वडा नं. १० मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ ।

विजयी वडा अध्यक्षले खसेको कुल ८९८ मतमा ५६५ मत प्राप्त गरि विजय भएको हो । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २९० प्राप्त गरे ।

त्यसैगरी गापा प्रमुख पदका लागि नेकपा एमालेका उम्मेदवार वसन्त राईले ३२० मत, उपाध्यक्ष पदमा नेकांका उम्मेदवारले २८७ प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा प्रमुख पदमा माओबादी उम्मेदवार असोक राईले ५३३ मत, उप प्रमुख सीता राईले ५३८ मत प्राप्त गरेका छन ।

अन्य वडाको मत गणना भने क्रमश जारी रहेको जानकारी प्राप्त भएको छ ।

२०७९ बैशाख ३१, शनिबार १५:४९ गते 1 Minute 75 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार