२०८० मंसिर २४ आईतवार

हतुवागढी गाउँपालिकामा मत गणना शुरु, नेकपा एमालेको अग्रता

 

बैसाख-३१, हतुवागढी ।  हतुवागढी गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मत गणना शुरु भएको छ ।

राजनीति दल, उम्मेदवार र नागरिक अगुवाहरुको संयुक्त सहमतिबाट हिजै राती १२ बजेदेखि नै मत गणना शुरु भएको हो ।

निर्वाचन अधिकृत कार्यालय हतुवागढीका अनुसार वडा नं. १ र ९ बाट मत गणना प्रारम्भ गरिएको छ।

पछिल्लो मत परिणम अनुसार हतुवागढी ९ मा जम्मा १०३२ मा ३०० को गणना हुदा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार प्रेमकुमार राईको १५७, त्यसै गरि उपाध्यक्ष पदका उम्मेदवार कमला राईको १२७, वडा अध्यक्षका उम्मेदवार सन्जाल राईले १३० मत प्राप्त गरेका छन ।

त्यसै गरि गठबन्धनको तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीको १२३ मत, त्यसैगरी  उपाध्यक्षले १५६ मत प्राप्त गरेका छन भने नेकपा माओबादीको तर्फबाट वडाअध्यक्ष उम्मेदवारले ११० मत प्राप्त गरेका छन ।

त्यसैगरी वडा न.-१ मा जम्मा ५०० मत गणना गर्दा नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवारको २३७, उपाध्यक्षको २४६ मत र वडाअध्यक्षको २८८ मत रहेको छ भने गठबन्धन तर्फको अध्यक्ष पदका उम्मेदवारको मत २२७ मत, उपाध्यक्षको २१० मत त्यसैगरी वडाअध्यक्षले १७५ मत प्राप्त गरेका छन ।

मतगणना कार्य निरन्तर जारी रहेको छ ।

२०७९ बैशाख ३१, शनिबार ०४:३८ गते 1 Minute 43 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।