
बैसाख-३१, हतुवागढी । हतुवागढी गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मत गणनाको नतिजा आउन थालेको छ ।
भरखरै प्राप्त जानकारी अनुसार वडा नं. १ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कुमार विष्ट विजयी भएका छन । उनले कूल मत १०३२ मा ४६९ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकततम प्रतिद्वन्द्वी गठबन्धन तर्फका उम्मेदवारले २८४ मत प्राप्त गरे ।
त्यसैगरी गाउँपालिका प्रमुख पदका लागि नेकपा एमालेको उम्मेदवार प्रेमकुमार राईले ३७१ मत प्राप्त गरेका छन भने उपाध्यक्ष कमला राईले ३७८ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनबाट प्उरमुख पदका उम्मेदवार गजेन्द्र कार्कीले ३८६ मत प्राप्त गरेका छन भने, उपाध्यक्ष सुनिता राईले ३७१ मत प्राप्त गरेका छन ।
निर्वाचन अधिकृतका अनुसार अब वडा ९ को नतिजा केही समयपछि आउनेछ भने तत्काल डा नं. २ र ८ को मतपेटिका खोल्ने तयारी रहेको छ ।
अन्य वडाहरुको मतग कार्य निरन्तर जारी रहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।