आमचोक गाउँपालिकामा कांग्रेसले वडाध्यक्षमा खाता खोल्यो, प्रमुखमा एमालेकै अग्रता

Spread the love

बैसाख-३१, आमचोक । आमचोक गाउँपालिकामा जारी मत गणनामा वडा नं. २ को वडा अध्याक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

विजयी वडा अध्यक्षले ३५६ मत प्राप्त गरि विजयी भएको हो । उनको निकटतम प्रतिद्वन्द्वी माओबादीका उम्मेदवारले ३४६ प्राप्त गरे ।

त्यसैगरी गापा प्रमुख पदका लागि नेकपा एमालेका उम्मेदवार वसन्त राईले ३३९ मत, उपाध्यक्ष पदमा नेकांका उम्मेदवारले ३६७ प्राप्त गरेका छन् ।
त्यसैगरी प्रमुख पदमा माओबादी उम्मेदवार असोक राईले ३२८ मत, उप प्रमुख सीता राईले ३०८ मत प्राप्त गरेका छन ।

अन्य वडाको मत गणना भने क्रमश जारी रहेको जानकारी प्राप्त भएको छ ।

60080cookie-checkआमचोक गाउँपालिकामा कांग्रेसले वडाध्यक्षमा खाता खोल्यो, प्रमुखमा एमालेकै अग्रता

प्रतिकृया दिनुहोस्