
जेठ-१, हतुवागढी । हतुवागढी गाउँपालिकाको जारी मतगणनामा प्रमुख पदका लागि नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईको अग्रता कायमै रहेको छ ।
उप प्रमुख पदका लागि नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेका सुनिता राईले अग्रता लिएका छन् ।
गापाको जम्मा ९ वटा वडाहरु मध्य ७ र ८ बाहेक १,२,३,४,९ वडामा नेकपा एमालेले जित निकालिसकेको छ भने अहिले गणना भइरहेको वडाहरु ५ र ६ मा पनि निकै मतान्तरले जनेकपा एमालेले अग्रता लिइरहेको छ ।
वडा नं. ६ को पछिल्लो मतगणनाको परिणाम अनुसार प्रमुख पदका प्रेमकुमार राईले ५३४, उप प्रमुख कमला राईको ४७२, गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गजेन्द्र बहादुर कार्कीले ४२६ त्यसैगरी सुनिता राईले ४८७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारको ४३९ मत, गठबन्धनले ४३२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नं. ५ मा प्रमुख पदका उम्मेदवार प्रेमकुमार राईको ५३ मत, उपप्रमुख पदका कमला राईको ५० मत, गजेन्द्र बहादुर कार्की ३० मत, सुनिता राईको ३४ मत छ भने वडा अध्यक्षमा नेकपा एमालेको ५६ मत, गठबन्धनको २६ मत र जसपाले १० मत मात्र प्राप्त गरेको छ ।
मतगणना निरन्तर जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालय घोडेटारकाअनुसार आजसम्ममा सबै वडाको नतिजा आईसक्ने छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।