२०८० चैत्र १६ शुक्रबार

आमचोक गाउँपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा माओबादी केन्द्र विजयी

-शारदा तामाङ राई
जेठ-१,भोजपुुर । भोजपुुरको आमचोक गाउपालिकामा नेकपा माओबादी केन्द्रका प्रमुख र उप प्रमुखमा विजयी भएका छन् । आमचोक गाउँपालिका पूर्ब मूख्यमन्त्री शेरधन राईको गृहपालिका हो ।

गाउपालिका अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सिता राई बिजयी भएका हुन ।  अध्यक्षमा अशोक राई ३ हजार ६ सय ८५ मत  प्राप्त गरि बिजयी भएका हुन ।
उनको निकटतम प्रतिस्पर्धी एमालेका बसन्त राईले ३ हजार ५८ मत प्राप्त गरेका छन ।

अध्यक्षमा नेपाली काग्रेसकी भगवती राईले भने ५१ मत मात्र प्राप्त गरेकी निर्वाचन अधिकृत कल्पना राईले बताईन । अधिकृत राईका अनुुसार उपाध्यक्षमा माओबादी केन्द्रकी सिता राई ३ हजार ५ सय ९१ मत ल्याई बिजयी भएकी छिन । उनको निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका छिरिङ शेर्पाले ३ हजार १ सय ८० मत ल्याए ।

यस्तै उपाध्यक्षमा एमालेकी सर्मिला राईले १२४ मत ल्याउनुु ल्याएकी छिन । आमचोकमा माओवादीले अध्यक्ष र उपाध्यक्ष सहित ६ वटा वडामा बाजी मारेको हो । माओवादीले जितेको वडाहरुमा वडा नम्बर ५ पावला , वडा नम्बर ६ बयाङ , वडा नम्बर ७ देवान्टार , वडा नम्बर ८ हैखराङ , वडा नम्बर ९ दुम्माना र वडा नम्बर १० पाँचा रहेका छन । यस्तै नेपाली काग्रेसले वडा नम्बर १ वासिङथर्पुु र वडा नम्बर २ यूँ मा जित हासिल गरेको छ ।

नेकपा एमालेले भने वडा नम्बर ३ थिंदिन्खा र वडा नम्बर ४ बालंखा जितेको नेकपा माओबादी केन्द्र आमचोक गाउपालिका अध्यक्ष सन्दिप राईले जानकारी दिनुु भएको छ ।

२०७९ जेष्ठ १, आईतवार १७:२६ गते 1 Minute 118 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार