
-शारदा तामाङ राई
जेठ-२, भोजपुुर । भोजपुरको रामप्रसादराइ गाउँपालिकामा नेकपा माओबादी केन्द्रका थाम बहादुुर राई निर्माण किराती अध्यक्षमा बिजयी भएका छन ।सत्ता गठबन्धन दलबाट उमेरदवार बनेका उनले एमालेका बलराम राईलाई हराउदै अध्यक्षमा बिजयी भएका हुुन ।
उनले ३०७७ मत पाएर अध्यक्ष जित्दा एमालेका बलरामले २८५१ मत ल्याए । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राईले ३५७७ मत ल्याएर जित हासिल गरेका छन् । एमालेका कमला देवी राईले २२१४ मत ल्याएर पराजित भएकी छिन ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा संघिय सासद सुुदन किरातीको गृह पालिकामा माओबादी र काग्रेसले तालमेल गरेका हुन । यस्तै पालिकाको वडा नम्बर १,३, र ४ मा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । वडा नम्बर ५, ६, ७ र ८ मा नेकपा एमालेका उमेरदवार विजय भएका छन । वडा नम्बर २ भने स्वतन्त्र उमेरदवार राजकुुमार तामाङले जितेका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।