
-शारदा तामाङ राई
जेठ-३, भोजपुुर । भोजपुुर नगरपालिकाको मेयर पदमा नेपाली काग्रेसका कैलाश कुुमार आले बिजयी भएका छन । गठबन्धन दलको तर्फबाट उमेरदवार बनेका आले ५६१५ मत ल्याई दोश्रो कार्यकालका लागि बिजयी हुुनुु भएका हुन । उनले नेकपा एमालेका भरत कुमार तामाङलाई पराजित गरेका हुन । एमालेका तामाङले ५१०० मत प्राप्त गरेका छन । मेयरमा आले र तामाङको ५१५ मतको अन्तर रहेको छ । उपमेयरमा भने एमालेकी निर्मला शेर्पा ५५०० मतका साथ निर्वाचित बिजयी भएकी छिन । शेर्पाले गठबन्धन दलको तर्फबाट उमेरदवार बनेकी नेकपा एकृकित समाजवादीकी ममिता राईलाई पराजित गरेकी हुन । समाजवादीकी राईले ५१३३ मत प्राप्त गरिन । उपमेयरमा ३६७ मतले हारजित भएको छ । यस्तै नगरपालिकाको १२ वटा वडाहरुका काग्रेसले ८ वटा वडामा जित हासिल गरेको छ । काग्रेसले वडा नम्बर २ , ३ ,४,५,७,१०, ११ र १२ गरी ८ वटा वडा जितेको हो । एमालले वडा नम्बर ६ ,८ र ९ गरि ३ वटा वडामा बिजय प्राप्त गरेको छ ।
नेकपा माओबादीले भने वडा नम्बर १ जितेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।